काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज बुधवार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।