एमाले धनकुटामा सर्वसम्मतको प्रयास

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणि पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेका हुन् । पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुको तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित सामग्री

एमाले धनकुटामा सर्वसम्मतको प्रयास‚ राई र पराजुलीको बलियो सम्भावना

धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न