धनकुटा : नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटी सर्वसम्मत चयन गर्ने प्रयास छ। शुक्रबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनको बन्दसत्र शनिबार बिहान सुरु भएको छ।अध्यक्षको आकांक्षीमा प्रदेश सभा सदस्य तथा एमाले प्रदेश सदस्य इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य तथा एमाले धनकुटा सहसचिव निरन राई, सचिवालय सदस्य तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र सचिवालय सदस्य शिव आङ्ला रहेका छन्।तर, पराजुली र राईमध्ये एक जना अध्यक्ष हुने एमाले नेताहरु बताउँछन्। पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला न