काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।शनिबार मूलपानीमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशमाथि ३ विकेटको जित निकाल्दै तेस्रो खेलमा दोस्रो जित निकालेको हो।पहिलो ब्याटिङ गर्दै लुम्बिनीले दिएको १९३ रनको लक्ष्य बागमतीले ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।बागमतीका लागि कप्तान डेभ खनालले सर्वाधिक ६७ रन बनाउँदा प्रज्वल थापाले ३४ रन बनाए। त्यस्तै वासिर अहमद ३१ रनमा अविजित रहेका थिए। मोहमद हुसेन १२ रनमा आउट हुँदा आकाश त्र