रुकुमपूर्वमा सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार ९ गते आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेका तीन वटै गाउँपालिकाले १० गते बजेट गाउँसभामा पेश गरेका हुन् । सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५७ करोड ७६ लाख ४० हजार ४६४ पेश गरेको छ । जसमा सङ्घीय सरकार समानीकरण अनुदान रु १२ करोड २४ लाख, सङ्घीय सरकार सशर्त अनुदान २२ करोड ९७ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट रु आठ करोड ९८ लाख ४७ हजार रहेको छ । सङ्घीय सरकार विशेष अनुदान रु एक क