आईएमई लाइफद्धारा एकैदिन ५८४८ बिद्यार्थीलाई बीमा साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ। बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ। आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो।

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं। ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलवार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले काठमाडौंको डिल्लीबजारस्थित सामुदायिक विद्यालय पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयका १२ कक्षामा अध्ययनरत करीब १६० जना छात्राको उपस्थितिमा कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकिङ प्रणाली, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा, डिजिटल वित्तीय सेवा, धितोपत्र, बीमा, सम्पत्ति शुद्धीकरणका साथै बैंकिङ कसुरसम्बन्धी विषयमा जानकारी दिएको बताइएको छ । वित्तीय साक्षरता सम्बन्धी कक्षाको सहजीकरण संस्थाका कर्मचारी देवराज नेपालले गरेका थिए । विद्यालयका शिक्षक बलराम पौडेलले फस्र्ट माइक्रोफाइनान्सको यस्तो कार्यक्रमले विद्यालयमा अध्ययनरत छात्रालाई बंैकिङ तथा वित्तीय योजना सम्बन्धी आधारभूत ज्ञान मिलेको धारणा राखे ।

एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले देशव्यापी रूपमा महिला लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत उक्त कार्यक्रम गरेको हो । वित्तीय अनुशासन र चेतना अभिवृद्धिको उद्देश्य राखेर साक्षरता कार्यक्रम सातै प्रदेश तथा शाखा कार्यालयमार्फत गरिएको संस्थाले जानकारी दिएको छ । अभियानअन्तर्गत संस्थाले वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक श्रव्यदृश्यसहितका अभिमुखीकरण, अन्तरक्रिया, र्‍याली लगायत कार्यक्रम गरेको हो । समुदायस्तरका महिलालाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, बचत तथा कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण लगायतमा कार्यक्रमले सहयोग पुर्‍याएको संस्थाको विश्वास छ ।

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चौतारा साँगाचोकगढी–७ सानो सिरुबारीस्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको उक्त कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोलेर जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरू, बीमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदान, विद्युतीय कारोबार लगायत विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी गराएका थिए । यसैगरी बैंकका बजार अधिकृत विवेक राजकर्णिकारले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा बैंकका प्रबन्धक गिरिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी दिए । बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथमार्फत सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा साँगाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र विद्युतीय कारोवा

नेपाल एसबिआईद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व मुद्रा सप्ताह २०२२ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ नारासहित युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरिएको बताइएको छ । युवाहरूलाई बचत गर्ने व्यवहार, बजेट निर्माण (पारिवारिक बजेट) र कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूको जानकारी, बीमा क्षेत्रमा जोखिम वहन र न्यूनीकरणका उपाय तथा रेमिट्यान्सको बारेमा प्रशिक्षण दिइएको बैंकको भनाइ छ ।