गाईघाट बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन तर बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्वि भएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएकाले यो वर्ष छुर्पी उत्पादनमा व्यापक वृद्धि भएको तर बिक्री ठप्प हुँदा लगानी नै डुब्ने चिन्ता बढेको राधाकृष्ण दूध डेरीका सञ्चालक वासुदेव कटुवालले बताउनुभयो ।