रुपन्देहीमा ७९७ संक्रमित थपिए, भुँइमा छट्पटिँदै बिरामी

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले बुधबार दिउँसो साढे चार बजे प्रकाशित गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस अवधिमा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।रुपन्देहीमा योसहित कुल मृतकको संख्या २ सय २० पुगेको छ । त्यस्तै कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ । त्यसमध्ये  ९ हजार ८ सय ७० जनाले कोरोना जितेका छन ।  त्यस्तै सक्रिय संक्रमितको  स

सम्बन्धित सामग्री

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा २ हजार ८७२ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा ३० जना रहेका छन्। देशभर ३६ जना संक्रमित आइसियू र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

चितवनमा कोरोना संक्रमणका बिरामी दैनिक देखिन थाले

चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ४ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।...

आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम

स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार थप १८ जना नयाँ संक्रमित फेला परेपनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिडका बिरामी छैनन्।

टेकु अस्पतालमा बढ्न थाले कोरोनाका बिरामी

१० दिन अगाडिसम्म काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा दुई जना मात्रै कोरोना संक्रमित बिरामी उपचाररत थिए । तर, अहिले त्यो संख्या बढेर ८ पुगेको छ ।

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

अक्सिजन अभावपछि नोबेल अस्पतालले कोरोनाका बिरामी भर्ना लिन छाड्यो

अक्सिजनको अभाव भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमित नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ

अक्सिजन कोटा तोकिएपछि अस्पतालले बिरामी लिन छाडे

काठमाडौंका केही ठूला अस्पतालले पर्याप्त अक्सिजनको अभावमा हाललाई कोभिड–१९ बाट संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीको उपचार पनि कठिन हुन सक्ने बताएका छन्।...

संक्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक

डोटी :  पछिल्लो समय  डोटीमा कोरोना संक्रमित हुनेको दर वृद्धि हुँदै गएको छ।जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्ला बाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना संक्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन्।चालकले संक्रमित बिरामी बोक्न नमान्ने गरेपछि जिल्लामा समस्या उत्पन्न हुन थालेको छ। कोराना भाइरसबाट संक्रमित बिरामी बोक्न डोटी जिल्लाका एम्बुलेन्स चालक अनिच्छुक देखिएको आरोप लागेको छ।कोरोना संक्रमित बिरामीका आफन्तहरूले फोन ग

बिरामी फर्काउदै किस्ट अस्पताल

ललितपुर। कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न सरकारसँग एमओयू गरेको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले तयारी पूरा नगर्दा उपचारका लागि आएका बिरामी फर्किन थालेका छन्। संक्रमित बढ्दै गए पनि व्यवस्थापनप्रति अस्पतालको ध्यान पुग्न नसक्दा बिरामी फर्किनुपर्ने अवस्था आएको हो। श्वासप्रश्वासमा गम्भीर समस्या देखा परेका बिरामी बढी छन्। ज्वरोले बिरामी भएकी श्रीमती लिएर जाँदा अस्पतालले भर्ना नलिएको जनकपुरका रमेश खातुनले बताए।

१९१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

१४८ आइसियु र ४३ भेन्टिलेटरमा गरी १ सय ९१ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १६२ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।