अक्षय कुमारको फिल्म रिलिज नहुँदै विरोध, आक्रोशितले गरे सडकमा चक्काजाम

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र पृथ्वीराज विवादमा परेको छ । फिल्मको पोस्टर सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त भइरहेका बेला अजमेरमा सडकमै विरोध प्रदर्शन भएको छ । पृथ्वीराज फिल्ममा इतिहासका तथ्यलाई बंग्याइएको आरोप लगाउँदै गुर्जर समाजले विरोध प्रदर्शन गरेको हो । कलेक्टर कार्यालयमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै गुर्जर समाजले फिल्ममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कलेक्टर कार्यालयबाहिर समाजका सदस्यले केहीबेर सडकमा चक्काजाम गरेका छन् । फिल्मले इतिहासका तथ्यमाथि खेलवाड गरेको आर...

सम्बन्धित सामग्री

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

‘जोली एलएलबी ३’मा एकसाथ देखिंदै अक्षय कुमार र अरशद वारसी

काठमाडौं । भारतीय कोर्टरूम ड्रामा फिल्मको कुरा गर्दा सुपरहिट फिल्ममा ‘जोली एलएलबी’को नाम अघि आउँछ । यस फ्रेन्चाइजका दुईवटा फिल्म रिलिज भइसकेका छन्, जसमध्ये पहिलोमा अरशद वारसीले अभिनय गरेका छन् भने दोस्रोमा अक्षय कुमारले अभिनय गरेका छन् । तर अब यो फिल्मको अर्को भागमा दुवै कलाकार सँगै देखिने खबर आएको छ । समाचार अनुसार ‘जोली […]

अक्षय भन्छन्- राजनीतिमा आउने सोच छैन, फिल्मबाटै समाजमा योगदान दिन्छु

काठमाडौं । बलिउड स्टार अक्षय कुमार आफ्नो अभिनयका कारण अक्सर चर्चामा छन् । साथै उनको फिटनेस र व्यवस्थित जीवनशैलीले पनि धेरैलाई लोभ्याउँछ । अक्षयका एकपछि अर्को फिल्म रिलिज भइरहेका छन् । तीमध्ये बक्स अफिसमा कुनै सफल त कुनै असफल पनि भइरहेका छन् । अक्षय राजनीतिमा आवद्ध हुने चर्चा पनि बेलाबेलामा चल्ने गर्छ । कुनै एक […]

बलिउडमा तीन ठुला फिल्मको टक्कर

शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।सम्राट पृथ्वीराज अक्षय कुमार अभिनित फिल्म ‘सम्राट पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गरेका हुन् । विश्वभर ४ हजार ९ सय ५० पर्दामा एकसाथ रिलिज भएको यो दर्शकको प्रतिक्षित सूचीमा रहेको फिल्म हो । ‘बच्चन पाण्डे’, ‘बेल बटम&

नामका कारण विवादमा परेका बलिउडका ६ फिल्म

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई  काठियावाडी’ ले अहिले दर्शकको मन जितिरहेको छ । रिलिज अगाडि फिल्मको नामलाई लिएर अनेक विवाद  भएको थियो । गंगुबाईका परिवारले उनको छवि बिगारेको आरोप लगाएका थिए, भने फिल्मको नाम समेत परिवर्तनको आवाज उठेको थियो । तर पनि फिल्म रिलिज भयो । बलिउडमा फिल्मको नाम र कथामा विवाद भएको यो पहिलो होइन । यस अगाडि पनि केही फिल्मको विषयमा विवाद उत्पन्न भएका थिए । ति फिल्म यस्ता छन् ।लक्ष्मी : अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष

सन् २०२१ मा बलिउडः अभिनेत्रीको दबदबा

मुम्बई(बीबीसी)– सन् २०२१ बलिउड फिल्मका लागि अविश्वसनीय रुपले चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण लामो समयको प्रतिक्षापछि थिएटर खुले र सलमान खान, अक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारको फिल्म रिलिज भए । केही फिल्म सफल र केही असफल भए । तर सन् २०२१ को लेखाजोखा गर्ने हो भने यो वर्ष अभिनेत्रीका लागि […]

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

दिमाग घरमै छोड्नुस्, हलमा जानुस् र सूर्यवंशीको मनोरञ्जन लिनुस्

रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज…

अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो। फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको…

‘सुर्यवंशी’ र ‘बेल बटम’ स्वतन्त्रता दिवशमा रिलिज मिति अनिश्चित : अक्षय कुमार

एजेन्सी। बलिउड स्टार अक्षय कुमारले आफ्नो आउँदो दुई फिल्म ‘सुर्यवंशी’ र ‘बेल बटम’को रिलिज भारतीय स्वतन्त्रता दिवशमा हुने नहुने अनिश्चित रहेको बताएका छन्। यसअघि स्वतन्त्रता दिवश अर्थात् अगस्ट १५ मा अक्षयको दुवै फिल्म रिलिज हुने चर्चा चल्दै आएको थियो। अक्षयले आफू दर्शकहरुको उत्साह देखेर खुसी रहेको बताउँदै फिल्म निर्माता रिलिज मितिलाई लिएर काम गरिरहेकाले रिलिज मिति तय नभएको बताए।