म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् । गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या, सापुका कारण ज्योति गुमाउँदै

घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले  सर्वसाधारण हैरान भएका हुन्।