म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या, सापुका कारण ज्योति गुमाउँदै

घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले  सर्वसाधारण हैरान भएका हुन्।

सम्बन्धित सामग्री

शापू कस्तो रोग हाे, यसका लक्षणहरु के के हुन्?

हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ।

शापू कस्तो रोग हाे, यसका लक्षणहरु के के हुन्?

हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ।

सेतो पुतली आतंक

म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल पुगेपछि तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । तर उनको आँखाको ज्योति भने फर्केन । बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुंगनाले भनिन्, ‘अमृतको आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो ।’ ढिला उपचारका कारण उनले ज्योति गुमाउन पुगेका हुन् ।