के संसारको सबैभन्दा चर्चितमध्ये एक स्मारक ताजमहलका बन्द कोठामा कुनै रहस्य लुकेको छ ? अरुलाई जे विश्वास भए पनि उत्तर प्रदेशको इलाहाबाद उच्च अदालतका न्यायाधीशहरूलाई ती कोठामा कुनै रहस्य रहेको विश्वास छैन । तिनले गत विहीबार भारतको सत्तारुढ भारतीय जनता पार्टीका एक कार्यकर्ताले ताजमहलका २२ बन्द ढोका खोल्न माग गरिएको मुद्दा खारेज गरिदिए ।मुदा दायर गर्ने रजनीश सिंहले ती बन्द ढोका खुले ‘ताज महलको सत्यता’ बाहिर आउने दावी गरेका थिए । यहाँसम्म कि मुद्दा दायर गर्ने सिंहले अदालतमा ती कोठामा भगवान