एक दिनमा ३० लाख ४० हजार कोरोना संक्रमित थपिए, झण्डै ७ हजारको मृत्यु

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् । यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा […]

सम्बन्धित सामग्री

भारतमा बढ्दै कोरोना संक्रमित

भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ।अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा ह

भारतमा थपिए १५१८ जना कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ। तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् । हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।

भारतमा १,९०९ कोरोना संक्रमित थपिए, ६९ को मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख ५ हजार ९१४ पुगेको छ। तीमध्ये हालसम्म ४ करोड २४ लाख ५८ हजार ५४३ जना निको भइसकेका छन् । पछिल्लो एक दिनको अवधिमा ६९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै […]

विश्वभर एकैदिन साढे २८ लाखमा कोरोना संक्रमण, ७ हजारको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी छ । हाल विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले दैनिक ३० लाख नजिकको संख्यामा संक्रमित थपिने गरेका छन् । आज मात्र २८ लाख ५२ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै फ्रान्समा ४ लाख ६४ हजार थपिएका छन् । त्यसैगरी अमेरिकामा ४ लाख […]

विश्वमा एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा २ लाख ४१ हजार

पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ३० लाख कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन २६ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए।पछिल्लोपटक अमेरिकामा मात्रै ७ लाख १२ हजार जनामा कोरोना पुष्टि भएको छ। यस्तै‚ फ्रान्समा ३ लाख ६१ हजार‚ भारतमा २ लाख ४१ हजार‚ इटलीमा १ लाख ९६ हजार, स्पेनमा १ लाख ७९ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार, बेलायतमा १ लाख २९ हजार र अस्ट्रेलियामा १ लाख २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ७ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट

भारतमा थपिए २४ हजारभन्दा बढी कोरोना संक्रमित

असोज १६, नयाँदिल्ली(भारत) । भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।      अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना संक्रमित भएका हुन् । पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रवारको विवरणमा भन्दा शनिबारको विवरणमा संक्रमितहरूको सङ्ख्या घटेको देखिएको छ ।      यसअघि दैनिक संक्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । संक्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ ।      भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २ लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिनपछिकै सबैभन्दा कम हो ।      भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय संक्रमितहरूको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।दैनिक संक्रमितहरूको सङ्ख्याभन्दा दैनिक संक्रममणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको हो ।      पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । भारतमा अहिलेसम्म कुल संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ३ करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले बताएका छन् ।      भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रवार एक दिनमा १ करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको बताएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ । रासस/  एएनआई

भारतमा एकै दिनमा थपिए ३७ हजार ८७५ जना कोरोना संक्रमित

भदौ २३,  नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ३७ हजार ८७५ जना नयाँ संक्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ ।             यसअघि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधवार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक संक्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।             केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार बसार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका संक्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना संक्रमित भएका छन् ।भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ३ करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले  बताएको छ ।             भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ४ लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।             त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ३ करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो सङ्ख्या ९७ दशमलव ४८ प्रतिशत भएको बताइएको छ ।             पछिल्लो केही दिनदेखि संक्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या ३ लाख ९१ हजारभन्दा बढी रहेका छन् । यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको तथ्याङ्क रहेको छ ।             भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ । रासस/ एएनआई

कोरोना महामारी व्यवस्थापनमा कमजोरी

आम दैनिकीले कोरोना महामारी सामना गरिराख्दा नियन्त्रणमा सरकारी कदमलाई लिएर दुईथरी मत भेटिन्छन् । एकखाले मानिसहरू सरकारलाई संकट व्यवस्थापनमा उदासीनमात्र होइन, महामारीको आवरणमा भ्रष्टाचारको संरक्षक देख्छन् । विश्वलाई नै अस्तव्यस्त बनाएको यो महामारी नियन्त्रण सरकारी पहलमात्र पर्याप्त नहुने तर्क अर्काथरी गर्छन् । सरकारले सकेजति गरेको छ, योभन्दा बढी सरकारको सामथ्र्य छैन भन्ने आग्रह उनीहरूमा पाइन्छ । हुन त काम गर्न जति कठिन हुन्छ, कमीकमजोरी कोट्याउन त्यति नै सहज हुन्छ । यसो भन्दैमा संकट व्यवस्थापनको नाममा मौलाएका नीति र नियतगत बेथितिप्रति कदापि आँखा चिम्लिइनु हुँदैन । सरकारी अभिव्यक्ति र कागजी प्रतिबद्धताहरूमा पनि कारोना असरबाट थलिएको अर्थतन्त्रको स्थायी पुनरुत्थानका लागि खोपको आपूर्ति र सहज पहुँचलाई प्राथमिकता दिइएको छ । राज्यको स्रोत र परिचालन सरकारको हातमा हुने भएकैले जस्तोसुकै विपद् सामनाको अगुवाइ सरकारबाटै हुनुपर्छ । अरूले त सरकारको कदममा सहकार्य र सहयोग पु¥याउने मात्रै हो । विगत वर्षको बन्दाबन्दीदेखि अहिले विस्तार भइराखेको निषेध आदेशको पालना गरेर आम जनताले आफ्नो दायित्व पूरा गरेकै छन् । सरकारले के गरेको छ ? संक्रमितलाई अस्पतालमा बेड छैन, उपचार त परको कुरा अस्पतालसम्म पुग्न एम्बुलेन्स र सास फेर्न अक्सिजन नपाएर ज्यान गइरहेको छ । ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ । भारतीय सिमानासित जोडिएका नाकामा होल्डिङ सेन्टरको व्यवस्थापन, मास टेस्टिङ, अस्थायी नै भए पनि उपचारका पूर्वाधारजस्ता विगत वर्षको सामान्य सिकाइलाई बेवास्ता गरिएको छ । यो दृश्यमात्रै अहिलेको महामारीमा सरकारी उपस्थितिको ओज बुझ्न पर्याप्त हुन सक्छ । हो, विश्वका प्रमुख आर्थिक शक्तिहरूसमेत कोरोनाबाट हायलकायल भइराख्दा साँघुरो स्रोतसाधनमा खुम्चिएको नेपालका निम्ति यो पक्कै सहज काम होइन । महामारी नियन्त्रणभित्र मौलाएका अराजकताले नियन्त्रणका लागि भएका सीमित पहलहरूलाई खुइल्याइदिएको छ । जनता अस्तव्यस्त भइराख्दा सरकार नामको संयन्त्र सत्ता राजनीतिको जोडघटाउमा मस्त छ । सरकारको यो असंवेदनशील शैलीप्रति अहिलेसम्म जनताले असन्तोषमात्र प्रकट गरिराखेको छ, प्रतिवाद गरेको छैन । सरकारका लागि योभन्दा सहुलियत के हुन सक्दछ ? गर्नैपर्ने काम नगर्ने, स्रोतसाधनको दुरूपयोगमा एक कदम अगाडि देखिने प्रवृत्ति आलोचनामात्र होइन, दण्डनीय हुन्छन् । महामारी सामनामा सबैको सहकार्यको खाँचो छ भन्दैमा यो कसैका लागि पनि स्वार्थ सोझ्याउने र जिम्मेवारीबाट पन्छिने औजार बन्न सक्दैन । संक्रमितको पहिचान र उपचार अहिलेको प्रमुख कार्यभार हुनुपर्छ । सक्रिय संक्रमित ५०० भन्दा बढी भएका तराई र २०० भन्दा बढी भएका पहाड र हिमाली जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा दोस्रो हप्तामा चलिराख्दा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिराखेको छ । अघिल्लो बन्दाबन्दीमा सिमानाबाट मानिसको आवागमन बन्द गरिएको थियो । यसपटक मुख्य १३ नाकाबाट आवागमन खुला राखिएको छ । भारतबाट भित्रिनेहरूको स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था छैन । संक्रमण लिएर भित्रिएकाहरू घरघरमा पुगिराखेका छन् । नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, विराटनगरजस्ता सीमावर्ती शहरमा संक्रमणको बढ्दो ग्राफ यसैको उपज हो । भारत कोरोना महामारीको केन्द्रबिन्दु बनिराख्दा आवागमनमा सतर्कता नहुनुले हामीकहाँ संक्रमण पैmलिएकोमा किन्तुपरन्तु आवश्यक छैन । भारतसितको हाम्रो सम्बन्ध नै यस्तो छ, त्यहाँको सकसको असर ढिलोचाँडो यहाँ आइपुग्छ । अहिले पनि अन्य देशको हवाई उडान बन्द गर्दा कोरोनाको केन्द्रबिन्दु बनेको भारतबाट हप्ताको २ उडान भइराखेकै छ । अघिल्लो वर्ष कोरोना महामारी फैलिँदा हामीले उपचारका पूर्वाधारको अभाव सामना गरेका थियौं । त्यो अनुभवकै आधारमा पनि संक्रमणको जोखिम बढ्दा बसोबास बढी रहेको काठमाडौं उपत्यका र सीमावर्ती शहरहरूमा उपचारका अस्थायी प्रबन्ध, पर्याप्त जनशक्ति, सामूहिक क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था मिलाइनुपर्ने हो । सरकार विद्यालय बन्द गराउनसमेत बालबालिकामा संक्रमण कुरेर बस्यो । अहिले पनि तहगत सरकारबीच महामारी नियन्त्रणमा समन्वयको अभाव खट्किएको छ । यो गैरम्मिेवारीको मूल्य जनताले आप्mनो जीवन गुमाएर चुकाइराखेका छन् । अघिल्लो वर्ष कोरोना संक्रमण उत्कर्षमा रहँदा यसको नियन्त्रण निरुपाय थियो । सक्षम राष्ट्रहरू खोपको अनुसन्धानमा लागेका त थिए, उपाय भने निश्चित थिएन । खोप आइहाले पनि हामीजस्ता गरीब देशले यति चाँडै खोप पाउनेमा अशावादी हुने आधार थिएन । खोप अपेक्षाकृत चाँडै उपलब्ध भयो । १८ लाख २३ हजार जनाले खोप लगाइसकेका छन् । तीमध्ये ३ लाख ७० हजारले खोपको दोस्रो मात्रा पनि पाए । महामारीको दोस्रो लहर सामना गरिराख्दा खोप पत्ता लागिसकेकाले आशलाग्दो दृष्य देखिएको छ । सरकारी आचरणमा पुरनावृत्ति भइआएको दृष्य भने सुखद छैन, यसले निराशा बढाएको छ । अहिले संक्रमितको पहिचान र उपचारलाई पहिलो प्राथकितामा राख्नुको विकल्प छैन । सँगै खोप अभियानलाई प्रभावकारी तरीकाले अघि बढाउनुपर्छ । सरकारी अभिव्यक्ति र कागजी प्रतिबद्धताहरूमा पनि कोरोना असरबाट थलिएको अर्थतन्त्रको स्थायी पुनरुत्थानका लागि खोपको आपूर्ति र सहज पहुँचलाई प्राथमिकता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले हालै एउटा औपचारिक धारणामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनभित्र खोप अभियान सञ्चालनको आवश्यकतामात्र औंल्याएनन्, यसको उत्पादन र आपूर्तिमा उल्लेख्य काम गरेकोमा भारतप्रति आभारसमेत प्रकट गरे । खोप कूटनीतिलाई प्रवद्र्धन गरेको भारत यतिखेर आफै महामारीबाट चरम संकटमा छ । भारतले निर्यात प्रतिबन्ध लगाएपछि खोप उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युटले भुक्तानी लिइसकेको खोपसमेत उपलब्ध गराएको छैन । सरकारी तथ्यांकअनुसार नेपाललाई ४ करोड ३० लाख मात्रा खोप आवश्यक छ । अहिलेसम्म भारतले अनुदानमा दिएको १० लाख, भारतकै सिरमसँग किनेको १० लाख, कोभ्याक्सबाट ३ लाख कोभिसिल्ड र चीनबाट अनुदान ८ लाख गरी ३१ लाख मात्रा खोप आइसकेको छ । अहिले चीनबाट ल्याइएको भेरोसेल खोप १८ देखि ५९ वर्ष उमेरसमूहलाई लगाइँदै छ । भुक्तानी गरिसकेको १० लाख डोज खोप छिटो उपलब्ध गराउन सिरमलाई गरिएको ताकेता काम लागेको छैन । आपूर्ति अनिश्चत भएकैले ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय गरेर पनि सरकार पछि हट्नु परेको थियो । सिरमले खोप नपठाएपछि ६५ वर्षमाथिकालाई मात्रै खोप लगाइयो । यो खोप उपलब्ध नहुँदा ६५ वर्षभन्दा माथि उमेरसमूहलाई जेठ ११ देखि लगाउने भनिएको दोस्रो चरणको खोप अभियान प्रभावित हुने करीब निश्चित छ । सिरमसँगै किन्ने भनिएको ५० लाख डोज खोप स्थानीय एजेन्टको कमिशनको चलखेलले पछाडि धकेलिएको र अहिले आयात अन्योलमा परेका समाचार सञ्चारमाध्यममा आएका छन् । सरकारले बिचौलियालाई पाखा लगाएर भए पनि खोप भित्र्याउनुपर्छ । भारतको आफ्नै समस्याले तत्काल खोप उपलब्ध गराउने सम्भावना देखिँदैन । त्यहाँ विगतमा भारतले अपनाएको खोप कूटनीतिलाई लिएर अहिले चर्को आलोचना भइराखेको छ । यस्तोमा हामीले भारतको मुख ताकेरमात्र हुँदैन । शक्ति राष्ट्रहरूले कोरोनाकालमा खोप कूटनीतिलाई प्रभाव विस्तारको हतियार बनाएका छन् । अमेरिका र यूरोपेली देशहरूले चीन र रूसको खोपको विश्वसनीयतामा प्रश्न उठाएका छन् भने चीनले पनि ती देशको खोप कूटनीतिलाई अप्ठ्यारो पार्न कसर छोडेको छैन । चीन र रूसले संकटग्रस्त देशमा खोप र उपचार सामग्री सहयोग पठाएर प्रभाव जमाउने प्रयास बाँकी राखेका छैनन् । अहिले भारतलाई सहयोग गर्ने सन्दर्भमा अमेरिका, चीन र रूसको प्रतिस्पर्धाजस्तै देखिएको छ । यस्ता प्रयत्न आफैमा विवादमुक्त भने छैनन् । तात्पर्य, शक्ति राष्ट्रहरूको खोप कूटनीतिलाई हामीले आप्mनो संकट निकासमा उपयोग गर्न सक्नुपर्छ । उनीहरूको उद्देश्य जेजस्तो भए पनि हामीले त्यसलाई खोप आपूर्तिको उपायमा रूपान्तरण गर्न सक्यौं भने उपलब्धि हुनेछ । भारतबाहेक अन्य देशबाट पनि खोप आपूर्तिको पहल र प्रक्रिया थाल्न ढिलाइ गर्नु हुँदैन । जीटुजीका नाममा सीमित एजेन्ट पोस्ने काम हुनु हुँदैन । औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि अनुमति दिएका खोप आयातमा निजीक्षेत्रलाई सहजीकरण गरिनुपर्छ । सक्नेले निजीक्षेत्रले ल्याएको खोप किनेर लगाउँछन्, यसले सरकारको व्ययभार कम हुन्छ । सरकारले आर्थिक रूपमा असमर्थलाई निःशुल्क दिनुपर्छ । अहिले स्पष्ट कार्यविधिको अभावमा संस्थागत सामाजिक उत्तरदायित्वको रकम कहाँ र कसरी खर्च गर्ने भन्नेमा अन्योल देखिएको छ । यस्तो रकमलाई खोपका लागि उपयोग गर्न नसकिने कारण छैन । यसका निम्ति सरकारले निजीक्षेत्रलाई आह्वान गर्नुपर्छ । सरकारको इच्छाशक्ति र इमानदारी यसको प्राथमिक शर्त हुनेछ ।

बेलायतमा २४ घण्टामा ५४ हजार बढी संक्रमित, ५६३ को मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप  ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइत

बेलायतमा ३० लाख नाघे कोरोना संक्रमित, ८० हजार बढीको मृत्यु

२६ पुस, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । बेलायतका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोनाका ५९ हजार ९३७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै सो अवधिमा बेलायतमा कोरोनाबाट एक हजार ३५ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको […]