कांग्रेससँग ‘पावर सेयरिङ’का कुरा गर्न दिल्ली धाउनु पर्दैन, दुष्प्रचार गर्नेलाई कानुनी कारबाही गर्नुपर्छः रमेश मल्ल

काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र)का नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमण दलका सदस्य रमेश मल्लले नेपाली कांग्रेस र आफ्नो पार्टीबीच आलोपालो प्रधानमन्त्री हुने कुरा गर्न दिल्ली धाउनु नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मल्लले भने, “गठबन्धनमा सँगै […]

सम्बन्धित सामग्री

अचानक किन दिल्ली गए प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपाल भ्रमण पुरा गरेर फर्किएको दोस्रो दिन प्रचण्डको दिल्ली भ्रमण हुन लागेको हो । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमण सकेर बुधबार राति

प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो एक बजे भारत भारत भ्रमणका लागि नयाँदिल्ली जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।