संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका महाप्रवन्धक र २ जना सञ्चालकलाई हटाउने तयारी थालेका छन् । महाप्रबन्धक डिमप्रकाश पौडेल र सञ्चालकहरु फुर्वा गेल्जे शेर्पा र ईश्वरी पौडेललाई हटाउने भित्री तयारी मन्त्री आलेले थालेका हुन् । यसका लागि उपसचिवको नेतृत्वमा अध्ययन समिति नै बनेको छ । उनीहरुलाई कारबाही गरेर निकाल्नका लागि आवश्यक तयारीका लागि मन्त्री आलेले प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन शाखाका उपसचिव राजेश उप्रेती र कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा सम्मिलित समिति बनाएको बुझिएको छ ।मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महाप्रबन्धक पौडेलसहित सञ्चालकहरु शेर्पा र पौडेललाई राजीनामा दिन अनेक दबाब दिएपनि उनीहरुले राजीनामा नदिएपछि कारबाही गरेर हटाउने गरी मन्त्री आले र अध्यक्ष अधिकारी लागेका हुन् ।यसअघिःनिगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्षसमितिलाई निगममा महाप्रबन्धक नियुक्ति, नयाँ सदस्यहरुको नियुक्ति र मन्त्री र अध्यक्षको नियतमाथि प्रश्न उठाउँदै आएका सञ्चालकलाई हटाउने विषयमा अध्ययन गर्न निर्देशन दिईएको छ ।अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएको ३ महिना बितिसक्दा पनि अहिलेसम्म एक पटक पूर्ण बैठक बस्न सकेको छैन । बैठकका लागि सूचना पठाएर सञ्चालकहरुलाई बोलाउने तर, भित्र प्रवेश गर्ने बेलामा कर्मचारीलाई अघि सारेर मूल गेटमै रोक्ने काम अध्यक्ष अधिकारीले गर्दै आएका छन् ।यो पनिः७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठककेही समय अघि बैठकका लागि ३ जना सञ्चालक सदस्यहरु कार्यालय पुगेपनि प्रवेश गर्ने वातावरण नभएपछि उनीहरु मूलगेटबाटै फर्किएका थिए । त्यस लगत्तै उनीहरुले सामूहिक रुपमा विज्ञप्ति नै जारी गरेका थिए ।