त्रिविका पूर्वउपकुलपति डा. शर्माको निधन - Naya Patrika

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधन भएको छ । रुसको सेन्ट पिटर्सबर्गमा उपचारका क्रममा उनको बुधबार राति निधन भएको हो । ७५ वर्षीय शर्मा कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चलचित्र निर्माता बसन्त शर्माको निधन

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निर्माता शर्माको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो । निर्माता शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।

प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मङ्गलवार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले पुष्टि गरे । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए । उनको अहिले केही वेरमा पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ । नेपाली साहित्यमा झर्रो वादी आन्दोलनका अभियन्तासमेत रहेका […]

साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं, फागुन ३ । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको आज बिहान आफ्नै निवासमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ । लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । परिवार सदस्यका अनुसार उनी बेला(बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एमए […]

साहित्यकार तारानाथ शर्माको निधन

साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् । .groupTi

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौँः पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। बुधबार दिउँसो शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो।  शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्चमा प्रधानन्यायाधीश रहेका थिए। शर्मा छोरा विदेशमा रहेकाले फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो।

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

५ माघ, काठमाडौं। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसीर ३० सम्म प्रधानन्यायाधीश थिए।

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् । शर्माका छोरा क्यानडाबाट आएपछि दाहसंस्कार हुने भएकाले सम्भवतः आइतवार सर्वाेच्चमा बिदा दिइने प्रवक्ता दाहालले बताए ।

सडक विभागका पूर्व महानिर्देशक शर्माको निधन

२१ साउन, काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन भएको छ । उनको बुधबार अपराह्न २ बजेतिर ‍‍‍८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने । शर्माकै सक्रियतामा नेपाल […]

पत्रकार सुशील शर्माको निधन

काठमाडाैं । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको शुक्रबार दिउसाे निधन भएकाे हाे । ६३ वर्षका शर्माले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिन्थे । शर्माका श्रीमती र १ छोरा रहेका छन् । शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार […] The post पत्रकार सुशील शर्माको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बिबिसीका पूर्व पत्रकार सुशील शर्माको निधन

बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् ।डेढ दशक बिबिसी नेपाली सेवामा काम गरेका उनले सन् २०११ मा वरिष्ठ संवाददाताबाट राजीनामा दिएका थिए । बिबिसीभन्दा अगाडि उनले द राइजिङ नेपाल, काठमाडौं पोष्ट लगायतका सञ्चारमाध्य