काठमाण्डाै - काठमाण्डौ उपत्यकाको फोहर अझै एक हप्ता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो ।
पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको ठाउँ सिसडोलमा व्यवस्थापन गरिएकाले फोहरको ढिस्कोला...