काठमाडौं । शीर्ष वरीयताप्राप्त नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान पक्का गरेका छन् । सर्वियाका जोकोभिचले बुधबार राति अष्ट्रेलियाका थानासी कोक्किनाकिस ३–० को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।
सातौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका ३५ वर्षीय जोकोभिचले ७९औँ वरीयताप्राप्त किक्किनाकिसलाई ६–१, ६–४ र ६–२ को सेटमा...