युक्रेनमा नेसनल गार्डका एक सदस्यले देशको पूर्वी भागमा रहेको एयरोस्पेस कारखानामा गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ ।
एएफपी समाचार संस्थाले यो खबर दिएको हो ।
घटना बिहीवार सबेरै दिनिप्रो नामक स्थानमा रहेको पिभडेनमाश मिसाइल कारखानामा भएको हो । गार्डहरूलाई हतियार दिने क्रममा गोली चलेको हो ।
आक्रमणकारी सैनिकले कालाश्निकोभ असल्ट राइफलले गोली हानेका थिए र पछि घटनास्थलबाट भागेका थिए ।
भागेका सैनिकलाई प्रहरीले खोजी गरिरहेको छ ।
अपराधक...