कात्तिकमा सार्क व्यापार मेला

नेपालमा आउँदो कात्तिक १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा सार्क व्यापार मेला हुने भएको छ । मेलामा पर्यटन, फुड फेस्टिबल, कला, संस्कृति, मनोरञ्जनलगायतका क्रियाकलाप समावेश गरिने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी महाशाखाका निर्देशक तेजसिंह विष्टले बताए । क्षेत्रीय उन्नतिका लागि व्यापार ‘रिजनल प्रोस्पेरिटी थ्रु टेड’ मूल नारा दिइएको सो मेलामा सार्कका सदस्य राष्ट्रहरु स्वदेशी व्यापारी गरी करिब ३ सय ५० प्रदर्शनी स्टल रहनेछन् । मेलामा समुद्र पारिका २ हजार, सार्क क्षेत्रका ६ हजार, स्थानीय व्यापारी ५ हजार, स्थानीय जनता १ लाख ५० हजार गरी १ लाख ६३ हजार दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकहरुको रहेको छ । मेला अवलोकनका लागि सामान्य शुल्क लाग्ने बताइएको छ । मेलामा टेक्सटाइल तथा रेडिमेड गार्मेन्ट, हेन्डिक्राफ्ट, गाडी तथा गाडीका पार्टपुर्जा, फर्निचर तथा त्यसका सामान, जुट तथा प्लास्टिकका सामान, स्वास्थ्य तथा सरसफाइका सामान, छालाका सामान, जडिबुटी, गहना खेलकुद, घरायसी प्रयोजनका सामान, खेलौना तथा भान्साका सामान गरी २५० भन्दा बढी वस्तु समावेश हुने बताइएको छ । यसैगरी, मेलामा सूचना र प्रविधि, बैंकिङ बिमा विज्ञापनलगायतका विषयमा पनि प्रदर्शन गरिने विष्टले बताए । मेलामा चीन, युरोपियन युनियन, म्यानमार, कोरिया, जापान, अमरिका लगायतका ९ राष्ट्रका प्रतिनिधिहरू अवलोकनर्ताका रूपमा आउने भएका छन् । वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

सम्बन्धित सामग्री

दैलेखमा माघ २६ देखि व्यापार मेला

काठमाडौं : व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ ।संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो।संघले नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी जिल्ला तथा समग्र कर्णाली प्रदेशको पर्यटन तथा व्यापार प्रवर्धनको उद्देश्यसहित व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको छ। ३०० भन्दा बढी व्यापारिक स्टल रहने मेलामा कृषि उत्पादन, बि

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...

मंसिर तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...

मकाउमा पर्यटन प्रवर्द्धन तथा व्यापार मेला

एनआरएनए मकाउले पर्यटन प्रवर्द्धन तथा व्यापार मेला सम्पन्न गरेको छ । शनिबार नेपाली महावाणिज्यदूत हङकङको विशेष प्रायोजनमा मेला भएकाे हाे ।  मेलामा महावाणिज्यदूत उदय रानामगरको विशेष आथित्यता थियो । कार्यक्रममा सहभागी...

राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।...

अन्तरदेशीय व्यापार मेला नहुँदा स्थानीयवासी मर्कामा

काठमाडौँ,१२ भदौ । कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा रहेको कोरलानाकामा पछिल्लो तीन वर्षयता अन्तरदेशीय व्यापार मेला सञ्चालन हुन सकेको छैन । बर्खा र हिउँद सुरु हुनुअघि हरेक वर्ष असार र भदौ महिनामा लाग्दै आएको व्यापार मेला कोरोना (भाइरस)को […]

भृकुटीमण्डपमा जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ।...

हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ । हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल हायात रिजेन्सीमा १८ औं हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो । मेला बारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।मेलामा हस्तकलालगायत विभिन्न बस्तुहरुको करिब १२० वटा स्टल राखिने भएको […]

चेम्बरको दसैं र तिहार व्यापार मेला

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा व्यापार मेला सुरु भएको छ ।नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला सुरु गरिएको हो । सो मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा […]

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो । यो मेला भदौ १७ गतेदेखि २१ गतेसम्म चलेर सम्पन्न भएको हो । यस व्यापार मेलामा राष्ट्रिय  तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन बिक्रीका लागि  पर्याप्त अवसर पाउने...