पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । केही दिनअघि नेकपा एमाले प्रवेश गरेका खनालले चुनाव लड्न मधेस प्रदेश रोज्ने संकेत गरेका छन् ।उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४ वा पर्साको निर्वाचन क्षेत्र नम्बर २ मध्य एक क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छन् । करिव दुई दशकअघि प्रहरीको जिम्मेवारीमा हुँदा बारा र पर्सामा काम गरेका खनालले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरञ्ज औधोगिक करिडोरसँगै जोडिएको उक्त क्षेत्रमा चुनाव लड्