'विगतका खराब नीतिका कारण अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुग्यो'

अर्थमन्त्री जनार्दन शर्माले कमजोर सरकारी संरचना र अनुसन्धानबिना लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको दाबी गरेका छन् । विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको उनले बताए ।  नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आगामी बजेटबारे सुझाव दिनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

‘अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन्। शनिबार चितवनमा नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ)द्वारा आयोजित प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको जिकिर गरे। उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो […]

अर्थतन्त्र सुधार्न धेरै मेहनत गर्नुपर्छः अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, […]

रेमिट्यान्सको आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव

पछिल्लो समय नेपालको आर्थिक अवस्था अत्यन्तै चिन्ताजनक स्थितिमा गुज्रिरहेको छ । यस वर्ष अघिल्ला आर्थिक वर्षहरूको तुलनामा अर्थतन्त्रका प्राय: सबै सूचकहरू खुम्चिरहेका छन् । मुलुकमा निरन्तर बढ्दो आयातले सिर्जना गरेको व्यापारघाटा, बढ्दो शोधनान्तर घाटा, तीव्र दरले घटिरहेको विदेशी मुद्रा सञ्चितिलगायतका कारण समकालीन अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको छ । कोभिड–१९, बढ्दो ब्याजदर र रूस–युक्रेन युद्ध आदिका […]

ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रश्न : कुलमान घिसिङ तपाईंभन्दा पनि शक्तिशाली हो?

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातदेखि ढुवानी भाडा समेत महँगिएको छ। आम जनता मूल्यवृद्धिको मारमा छन्। पेट्रोलियम पदार्थको मूल्यकै कारण देशको विदेशी मुद्रा सञ्चितिमा समेत चाप परेर अर्थतन्त्र नै समस्यामा परेको छ। यो चुनौतीपूर्ण अवस्थामा ऊर्जा क्षेत्रप्रति…

अर्थतन्त्र अप्ठ्यारोमा : एडीबी

काठमाडौं । नेपाली अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुगेको एशियाली विकास बैंक (एडीबी) ले ठहर गरेको छ । विश्वमा देखिएको उतारचढाव र राज्यले समयमै सही नीति अवलम्बन नगर्दा अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको र भविष्य अझ चुनौतीपूर्ण रहेको एडीबीले बुधवार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक–२०२२ मा उल्लेख छ । युक्रेन–रूस तनावबाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल र अन्य वस्तुको मूल्यका कारण मुद्रास्फीतिमा चाप पर्ने (महँगी बढ्ने) एडीबीले उल्लेख गरेको छ । उसले अहिले नै चुनौतीका रूपमा देखापरेको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्ने चेतावनी पनि दिएको छ । ‘रुस–युक्रेन तनावका कारण विकसित अर्थतन्त्रको मन्द विस्तार, अवरुद्ध व्यापार प्रवाह र तेल तथा अन्य वस्तुको बढ्दो मूल्यले नेपालको भुक्तान सन्तुलन र विदेशी विनिमय सञ्चितिमा थप चाप पर्न सक्छ,’ नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले भनेका छन् । सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत थियो । २०२२ मा ३ दशमलव ९ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष (आव) को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरेको थियो । एडीबीले बढ्दो व्यापारघाटालाई नेपाली अर्थतन्त्रको दीर्घकालीन चुनौतीका रूपमा लिएको छ । एडीबीको रिपोर्टमा बढ्दो आयात तर न्यून निर्यातले संरचनागत समस्या ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । नेपालको अन्तरराष्ट्रिय व्यापारघाटा चुलिँदै गएको तर त्यस्तो घाटा पूर्ति गर्ने स्रोतको विस्तार सोही अनुपातमा नहुँदा समस्या बढ्दै जाने देखिएको आउटलुकमा उल्लेख छ । एडीबीका अनुसार यो समस्या समाधानका लागि सरकारले व्यापार नीति तथा विभिन्न कानूनमार्फत लागत न्यूनीकरण तथा प्रतिस्पर्धा बढाउन खोजे पनि त्यसको प्रभाव देखिएको छैन । विभिन्न बहु तथा द्विपक्षीय पहलबाट निर्यात बढाउन खोजिए पनि परिणाम अझै नदेखिएको एडीबीको ठहर छ । ‘नेपालको उत्पादन राम्रो भए पनि त्यसका लागि आवश्यक पूँजी, प्रविधि र शीप नहुँदा निर्यात हुन सकेको छैन । सामान्य प्रयोगशालासमेत नहुँदा नेपाली उत्पादनले विश्व बजारमा प्रवेश पाएका छैनन्,’ आउटलुकमा भनिएको छ । ठूलो लगानी र प्रविधि अभावले लाभ लिन नसकेको मात्र नभई नेपालले कतिपय धनी देशले दिएका सहुलियत पनि व्यापारमा उपयोग गर्न नसकेको एडीबीले औंल्याएको छ । २०७२ सालको भूकम्पपछि अमेरिकाले नेपालको कार्पेट, पश्मिनाजस्ता वस्तुलाई सहुलियत पहुँच दिने निर्णय गरेको थियो । तर, अमेरिकी बजारमा प्रवेशका लागि पूरा गर्नुपर्ने गुणस्तरको अनिवार्य मापदण्डमा पुर्‍याउन नसक्दा नेपाली उत्पादनले उक्त लाभ अझै लिन नसकेको आउटलुकमा भनिएको छ । सूचनाप्रविधि र पर्यटन क्षेत्रमा नेपालले उल्लेखनीय काम गरेर लाभ लिनसक्ने भए पनि त्यस्तो नदेखिएको एडीबीको ठहर छ । नीतिनियम निर्माण भए पनि त्यसको कार्यान्वयन र निरन्तरता नहुँदा परिणाम नआएको हो । अनुकूल वर्षाले धान उत्पादन राम्रो हुने अपेक्षा थियो । तर, कात्तिक अन्तिम र मङ्सिरको शुरूमा बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्‍यायो । यसले धानको उत्पादन ९ प्रतिशतले घटाएको एडीबीले उल्लेख गरेको छ । उपभोक्ता र लगानी मागका आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४ दशमलव १ प्रतिशत रहने अनुमान छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभावमा समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा एडीबीको छ । महामारीविरुद्ध खोप अभियान जारी रहनु र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै जानुलाई एडीबीले सकारात्मक मानेको छ ।

अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोबल गिरेको छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन् ।अध्यक्ष गोल्छाले उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको दाबी गरे । पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्य कारण बजारमा तरलता […]

अर्थतन्त्र जोखिममा : युक्रेन युद्धको असर कि नेतृत्वको कमजोरी ?

काठमाडौं । कोभिडका कारण प्रभावित देशको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको छ । आन्तरिकसँगै रसिया–युक्रेन युद्धका कारण अर्थतन्त्रले थप चुनौतीको सामना गर्नुपरेको जानकारहरू बताउँछन् ।  बढ्दो आयात, घट्दो विदेशी मुद्रा संचिती एवं घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । नेपाल राष्ट्र बैंकको...

अर्थतन्त्र थप चुनौतीपूर्ण बन्दै : गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । “कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै थियो” उनले भने “दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको छ ।अर्थतन्त्रको पुनरुत्थान राष्ट्र बैंकको उच्च प्राथमिकतामा रहेको भन्दै गभर्नर […]

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको