नेकपा (एमाले)का केन्द्रीय सचिव लेखराज भट्टले आफू अहिले एमालेमा भए पनि विगतको विरासतपूर्ण इतिहास, धरातल र माओवादी जनयुद्धमा सहिदले गरेको बलिदान, बेपत्ताहरू र घाइते–अपाङ्ग योद्धाहरू प्रतिको जिम्मेवारी नभुलेको बताएका छन् ।नेता भट्टले आफू पनि जनयुद्धको घाइते भएको तर कतै दर्ज नभएको बताउँदै भने,“घाइते तथा अपाङ्गहरूको पीडा कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ, त्यही भएर म सत्ताको जिम्मेवारीमा गएको बेला मैले ती साथीहरूको पक्षमा धेरै काम गर्ने कोसिस गरेको थिएँ ।”नेता भट्टले आफू पनि जनयुद्ध