बनियानी । झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने गरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन...