झन्झन् चर्किंदै बेरोजगारी समस्या

काठमाडौं । मुलुकमा बेरोजगारीको समस्या पछिल्लो समय झन्झन् चर्किंदै गएको ‘जब प्लेसमेन्ट’ गरिरहेका कम्पनीहरूले बताएका छन् । विभिन्न संस्था एवं कम्पनीबाट कर्मचारीको माग संकलन गरी आकांक्षीहरूलाई रोजगारी उपलब्ध गराउने त्यस्ता कम्पनीहरूले आर्थिक संकटका कारण नयाँ जनशक्तिको माग निकै घटेको जानकारी दिए । लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेको कुमारी जबले विगतको तुलनामा माग ४० देखि ६० प्रतिशतले घटेको दाबी गर्‍यो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले राजेगारदाताले बेहोरिरहेको आर्थिक समस्याले कर्मचारीको माग निकै कम आइरहेको बताए । प्रबन्ध निर्देशक भण्डारीले आर्थिक अभियानसँग भने, ‘हाम्रा नियमित ग्राहकले व्यवसाय सुस्ताएको छ यस्तोमा कर्मचारी थपेर के गर्ने भनिरहेका छन् । आर्थिक भार कम गर्न कतिपय रोजगारदाताले भएका कर्मचारी पनि कटौती गरिरहेको स्थिति छ ।’ हरेक दिन ५ सयदेखि ८ सयले कुमारी जबको वेबसाइटमार्फत आवेदन दिने गरेकोमा मुश्किलले १५ देखि २० जनाले मात्रै काम पाइरहेको भण्डारीको भनाइ छ । जब प्लेसमेन्टकै क्षेत्रमा सक्रिय फ्रोक्स जब पनि कम्पनीहरूले नयाँ कर्मचारीको माग घटाएको बताउँछ । फ्रोक्स जबका प्रबन्ध निर्देशक विमल कँडेलका अनुसार अहिले सबैभन्दा कम माग अटोमाबाइल्स क्षेत्रमा छ । ‘स्टील, सिमेन्ट र पेन्टमा पनि माग घटेको अवस्था छ,’ उनले भने । कोरोना महामारीको लगत्तै पछि एक समय कर्मचारीको माग ह्वात्तै बढे पनि त्यसपछि निरन्तर घटिरहेको उनको भनाइ छ । जब प्लेसमेन्ट कम्पनीहरूका अनुसार रोजगारदाताले तल्ला तहका कामदार तथा कर्मचारीको माग गरिरहे पनि मध्यम र उच्च तहका कर्मचारीको माग नगन्य छ । यो परिदृश्यविपरीत सूचनाप्रविधि (आईटी) क्षेत्रमा कर्मचारी खोज्ने कम्पनीहरू चाहिँ आफूहरूले जनशक्ति अभावको सामना गरिरहेको बताउँछन् । मागेजस्तो जनशक्ति पाउनै सकस परिरहेको आईटी क्षेत्रमा संलग्न नेको जबका प्रबन्ध निर्देशक जयदेव कलौनीले बताए । ‘आईटी क्षेत्रमा नेपालमा जनशक्ति माग धेरै छ । कोरोना रोक्ने उद्देश्यको बन्दाबन्दीपछि यो माग तीव्र अनुपातमा बढेको हो । तर, हामीसँग दक्ष जनशक्तिको अभाव छ,’ उनले भने । कलौनीका अनुसार नेपालमा भएका आईटीका दक्ष जनशक्ति या त विदेश जान्छन् या यहीँ बसेर विदेशी कम्पनीका लागि काम गर्छन् । नेपालमा रोजगारी खोज्दै आवेदन दिनेहरू अधिकांशसँग विश्वविद्यालयको डिग्री भए पनि व्यावहारिक ज्ञानको अभाव हुने गरेको उनको भनाइ छ । सरकारी तथ्यांकअनुसार नेपालको श्रमबजारमा प्रत्येक वर्ष करीब ५ लाख जनशक्ति प्रवेश गर्छ । तर, निजीक्षेत्रले वार्षिक कति रोजगारी सृजना गर्छ, त्यसको तथ्यांक न निजीक्षेत्रसँग छ न सरकारी निकायसँग नै । यसबारे राष्ट्रिय योजना आयोगसँग बुभ्mन खोज्दा आयोगका सदस्य रामकुमार फुयालले यस्तो तथ्यांक आवश्यक भए पनि अहिलेसम्म सरकारले तयार नगरेको बताए । रोजगारी खोज्दै हिँडेको जनशक्तिमध्ये कतिपयसँग उच्च शिक्षाको अभाव हुने गरेको छ भने कतिपयसँग सैद्धान्तिक ज्ञान भए पनि कार्यक्षेत्रमा उत्रिँदा काम गर्न सक्ने क्षमता हुँदैन । कोरोना महामारी र रूस–युक्रेन तनावपछि धेरैले रोजगारी गुमाएका छन् । देशमा उद्योगधन्दाको विकास अत्यन्त न्यून मात्रामा रहेको, भएकाहरू पनि कर्जाको चर्को ब्याजदर र तरलता समस्याले बन्द भइरहेको अवस्था छ । यस्तोमा यी सबैको गन्तव्य भारत वा विदेश हुने गर्छ । रोजगारीका लागि विदेशिनेको संख्याले पनि मुलुकमा रोजगारी पाउन गाह्रो रहेको संकेत गर्छ । गत साउनदेखि माघसम्ममा ३ लाख १४ हजारभन्दा बढी युवायुवती श्रमस्वीकृति लिएर विदेशिएको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । यसको अर्थ दैनिक १५ सय हाराहारी श्रमशक्ति पहिलोपटक श्रमस्वीकृति लिएर विदेश गइरहेको छ । यसै अवधिमा १ लाख ६७ हजारभन्दा बढी नेपाली पुन: श्रमस्वीकृति लिएर विदेशिएका छन् । बिदामा आएका श्रमिक पुन: विदेश फर्किनुपर्दा पुन: श्रमस्वीकृति लिनुपर्छ ।

सम्बन्धित सामग्री

युद्धले थपेको बेरोजगारी समस्या

इजरायलले कब्जा गरेको प्यालेस्टाइनको वेस्ट बैङ्कको एउटा कन्स्ट्रक्सन साइटमा काम गरिरहेका कमल काराजाको मासिक आम्दानी तीन हजार पाँच सय अमेरिकी डलर थियो। ७ अक्टोबरको दिन हमासले आक्रमण गरेपछि यसको प्रत्याक्रमण स्वरूप इजरायलले हवाई आक्रमण सुरु गरेको थियो । त्यसै कारण कम्पनीले सुरक्षाको कारण देखाएर उनको कामलाई निरन्तरता दिएन। रमाला नजिकै रहेको डेर बीजेका स्थायी बासिन्दा […]

चीनमा युवा बेरोजगारी समस्या

१६ देखि २४ उमेर समूहका कामदारको बेरोजगारी नयाँ रेकर्ड तोड्ने अवस्थाले चिनियाँ अर्थतन्त्रमा तत्कालीन र दीर्घकालीन अवस्थालाई कमजोर बनाएको छ । यदि यो अवस्था विद्यमानै रहेमा चीनलाई उसको तीव्र रूपमा बढ्दै गएको पाका उमेरका मानिसको जनसंख्यालाई सहयोग गर्न कठिन हुने देखिन्छ । यसै महिना चीनले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले १६ देखि २४ वर्ष उमेरका युवाको […]

बिहे पासको टिजरमा बेरोजगारी समस्या

काठमाडौं । चलचित्र ‘बिहे पास’को प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्मको बुधबार टिजर रिलिज गरिएको छ । बुढा सुब्बा डिजिटलमार्फत यो टिजर दर्शकमाझ ल्याइएको हो । यो फिल्म आगामी १ वैशाखबाट रिलिज हुँदै छ । यस चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ […] The post बिहे पासको टिजरमा बेरोजगारी समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की

काठमाडौँ- सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । अब कांग्रेसको नेतृत्वमा […]

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित: मन्त्री कार्की

सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन्।...

बेरोजगारी समस्या समाधान मुख्य एजेण्डा: मण्डल

यस्तै यस क्षेत्रका खाली, वगर र सरकारी जमिनलाई सदुपयोग गरेर रोजगारीसँगै उत्पादन बढाउने योजनापनि आफूले अघिसारेको बताए। मण्डलले किसानले झेल्नु परेको सबै भन्दा ठूलो समस्या मल अभाव भएकाले रासायनिक मलको विकल्पका लागि जैविक मल उत्पादनको परिक्षणसमेत आफूले गरिरहेक...

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गरेका छन् । उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन् । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उनले दावी गरे ।उनले भने– “देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना […]

बेरोजगारी समस्या, रोजगारीका उपाय र विदेशिने मानसिकता

करिब डेढ वर्षको कोभिड महामारी र संक्रमणले नेपालमा मात्र १६ लाख मानिसले रोजगारी गुमाएको अनुमान छ। हाल नेपालमा ११.४ प्रतिशत जनसंख्या बेरोजगार छ। यसरी हाल नेपालमा बेरोजगारी समस्या चर्को देखिएको छ। यर्थाथमा, नेपालमा २ करोड १० लाख जनसंख्या क्रियाशील श्रम योग्य जनशक्ति  भएको आकलन छ। उपलब्ध यो श्रम शक्तिलाई समुचित ढंगले परिचालन गर्न सकिए मात्रै पनि मुलुकको चोला बदल्न समय लाग्ने छैन। यसरी उपलव्ध श्रमशक्ति वरदान हुनुको सट्टा अभिशाप देखिनु स्वयंमा दुर्भाग्य हो। संवैधानिक व्यबस्था