काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार ठाउँमा शाखारहित सेवाको विस्तार गरेको छ । मेगा बैंकले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका–१, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका–२ सातदोबाटोमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहामा प्रवीनकुमार मेहता, […]