संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीको समयमा भएको चार्टर्ड उडानको अनियमितताका सम्बन्धमा छानबिन समिति गठन गरेका छन् ।
पर्यटनमन्त्री स्तरीय निर्णयबाट मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
समितिको संयोजकमा पर्यटन मन्त्रालयकै सहसचिव होमप्रसाद लुँइटेल छन् । सदस्यमा पर्यटन मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर छन् ।
समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने गरी समयसीमा दिएको पर्यटनमन्त्री प्रेम आलेले लोकान्तरलाई बताए । म...