बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कैयौंले अकालमा ज्यान गुमाए : प्रतिवेदन

१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई विचौलियाले प्रभाव पारेर सेवाको गुणस्तर खस्काएको र अनियमितता गरेको भेटिएको छ । पदाधिकारीको ध्यान सामान खरिद र कमाउनमा नै केन्द्रित भएका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन नसकेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । अध्ययन समितिले अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा […]

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

पत्रकारका लागि चिहान बन्दै गाजा, ९४ जनाले गुमाए ज्यान,४०० भन्दा बढी जेलमा

हमास र इजरायलबीचको ३० वर्ष लामो संघर्षमा मारिएका पत्रकारको संख्या भन्दा यस वर्ष मारिएका पत्रकारको संख्या उल्लेख्य रहेको प्रतिवेदन सार्वजनिक भएको छ।पत्रकारहरूको संगठन इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट (आइएफजे)को पछिल्लो प्रतिवेदनमा पत्रकारहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।डिसेम्बर-८ मा आइएफजे ले आफ्नो प्रतिवेदन जारी गरेको छ।  जसमा सन् २०२३ मा विश्वभर ९४ जना पत्रकारले ज्यान गुमाएका छन्। आईएफजेले आफ्नो वार्षिक प्रतिवेदनमा यो वर्ष विश्वभर ४०० भन्दा बढी पत्रकार जेल परेको पनि जनाएको

अदानीको साम्राज्य ध्वस्त बनाएको हिन्डेनबर्गको निशानामा अब को ?

न्यूयोर्क (अमेरिका) । अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डेनबर्गले आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गर्दैछ । पछिल्लो पटक भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी ग्रुपलाई निशाना बनाएको उसले त्यसको दुई महीना नबित्दै बिहीवार ट्विटमार्फत अर्को ‘टार्गेट’बारे नयाँ रिपोर्ट सार्वजनिक गर्ने बताएको छ । ट्विटमा नयाँ टार्गेट को हो भन्नेबारे केही भनिएको छैन । यसअघि उसले गत जनवरी २४ मा अदानी ग्रुपविरुद्ध १०६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर अदानीको साम्राज्यलाई डामाडोल बनाइदिएको थियो । अदानीको समूहमाथि शेयरमा चलखेल र वित्तीय अनियमितताको आरोप लगाउँदै हिन्डेनबर्गले रिपोर्ट सार्वजनिक गरेपछि अदानीका सबै कम्पनीको शेयरमा पहिरो गएको थियो । त्यसपछि अदानीको समूहले अर्बौं डलरको बजार पूँजीकरण गुमायो । सो प्रतिवेदनको असरले अहिलेसम्म अदानी समूहका कम्पनीहरू उठ्न सकेका छैनन् । सूचीकृत कम्पनीका शेयरमा तीव्र उतारचढाव जारी छ । प्रतिवेदनको असरका कारण अदानीले पनि ठूलो रकम गुमाएका छन् । उनले त्यसपछि दैनिक १० अर्ब डलरसम्म गुमाए । त्यसअघि विश्वको धनीहरूको सूचीमा शीर्ष तेस्रो स्थान रहेका उनी अहिले शीर्ष २५ मा पनि अटाएका छैनन् ।  हिन्डेनबर्गले अब निशाना कोमाथि साधेको छ भन्ने चासो बढेको छ । तर, नयाँ प्रतिवेदन अहिले विश्वभर देखिएको बैंकिङ संकटमा केन्द्रित हुने आशा गरिएको छ । हिन्डेनबर्ग रिसर्चले डेरिभेटिभ्स, कर्जा र शेयरमा हुने सम्भावित अव्यवस्थापन, हिसाबमा अनियमितता र लुकीछिपी हुने कारोबार आदिको छानबिन गर्ने गरेको छ । निशानामा राखिएको कम्पनीको शेयरमा लगानी गर्नुअघि कम्पनीले आफूले पत्ता लगाएको तथ्यहरू रिपोर्टहरू बनाएर सार्वजनिक गर्ने गरेको छ । हिन्डेनबर्गले अदानी समूहभन्दा पहिला ६ वर्षमा निकोला, विन्स फाइनान्स, जिनियस ब्रान्ड, चाइना मेटल रिसोर्सेज युटिलाइजेशन, ब्लूम इनर्जी, लिबर्टी हेल्थ साइन्सेज समेत १७ ओटा कम्पनीलाई निशाना बनाएको थियो । हिन्डेनबर्गले चाइना मेटल रिसोर्सेज युटिलाइजेशनलाई ‘जम्बी कम्पनी’ अर्थात् भूतिया कम्पनीको संज्ञा दिएको थियो । एजेन्सी

अदानीले गुमाए १६.३ अर्ब डलर, विश्वको सबैभन्दा धनीको सूचिमा २२औं नम्बरमा झरे

नयाँदिल्ली, २० माघ। अर्बपति उद्योगपति गौतम अदानी फोब्स पत्रिकाको रियल–टाइम अर्बपतिको सूचिमा २२औं स्थानमा झरेका छन्। एक सयम यो सूचिमा अदानी पहिलो तीनमा पर्ने गर्थे। अमेरिकी रिसर्च फर्म हिंडनबर्गको एक प्रतिवेदन सार्जजनिक भएपछि अदानीको शेयरमा लगातार गिरावट आएको हो। अदानीको अहिले कुल सम्पत्ति ५८ अर्ब डलर रहेको छ। उनको सम्पत्तिमा २१.८९प्रतिशतले गिरावट आएको छ, जुन भनेको १६.३अर्ब डलर हो।

जनार्दनले पाए, देउवा–दाहालले गुमाए

बलियो राष्ट्रिय अर्थतन्त्रको निर्माण, अर्थतन्त्रका वाह्य र आन्तरिक चुनौती सामना गर्न वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई ख्याल गरेर अघि बढ्न अर्थ मन्त्रालयमा सार्वजनिक जीवनमा पत्याइएको योग्य र विश्वसनीय व्यक्ति पुग्ने अवसर थियो, त्यो पूरा भएन ।

विदेशमा मृत्यु हुनेको तथ्याङ्क : मलेसिया, साउदी र कतार असुरक्षित

काठमाडौं – गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढ्दा परिवारसँगै देशलाई पनि फाइदा त भयो, तर ८२१ जनाका परिवारले आफ्ना परिवारका सदस्य गुमाए । ज्यान गुमाउनेमा मोरङका...

विदेशमा मृत्यु हुनेको तथ्याङ्क : मलेसिया, साउदी र कतार असुरक्षित

काठमाडौं – गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढ्दा परिवारसँगै देशलाई पनि फाइदा त भयो, तर ८२१ जनाका परिवारले आफ्ना परिवारका सदस्य गुमाए । ज्यान गुमाउनेमा मोरङका...