कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो ५ वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंगलबार निवर्तमान मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावकाबीच थुप्रै काम गरेकाे दावी गर्नुभएको हो । आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको समेत उहाँले बताउनुभयो । साथै कृषि, पर्यटन […]