मतदान स्थलमा खटिए कर्मचारी र सुरक्षाकर्मी

यही ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान रूस्थल पठाउन सुरु गरिएको छ ।मतदानस्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन लागिएको हो । बुधबार भोगोलिक विकट तथा टाढा टाढा मतदान स्थलमा आवश्यक पर्ने सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पठाइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए […]

सम्बन्धित सामग्री

कर्णालीमा सुरक्षा व्यवस्था कडा

सुर्खेत – कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन्। मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ। मतदान केन्द्र निर्माण भइरहेका छन्। आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ। कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार […]

मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी : कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै - पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् । मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षा...

पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिए । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् । पर्सामा रहेका कुल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिको निर्वाचनमा लागि कुल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस

गृह मन्त्रालयले भन्यो - कसैको डर, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्नुहोस्

गृह मन्त्रालयले देशभरीका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटन पटन र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशभरका १०, ७५६ मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको हो ।मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरी मतदानस्थलहरुमा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।  मन्त्राल

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।  मुलुकका ७५३ स्थानीय तहका

मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा  निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन्  । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी  कर्मचारी खटाइएकामा उनीहरू आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई  आवश्यक चुनावी सामग्री  विभिन्न मतदान केन्द्रमा खटाइएको हो । यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि  १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]

उपनिर्वाचनको मतदानकेन्द्रमा खटिने सबैले अनिवार्य पीपीई लगाउनु पर्ने

काठमाडौं। जेठ ६ गते हुने राष्टियसभा उपनिर्वाचनको मतदान केन्द्रमा खटिने कर्मचारी,सुरक्षाकर्मी,स्वयंसेवक, मतदान प्रतिनिधिहरु सबैले अनिवार्य रुपमा पीपीई लगाउनु पर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड उक्त व्यवस्था गरिएको हो। मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा २ मीटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेसशिल्ड, पञ्जा र मास्क लगाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ।