एनपीएल फ्रेन्चाइज टिम चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाइनले १५ मंसिरदेखि काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्नेछन् । उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको...