काठमाण्डाै - कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा भएको छ ।
पछिल्लो ३ देखि ६ घण्टामा कञ्चनपुर र कैलालीको धेरै ठाउँमा भारी वर्षा भएको र राति १२ बजेसम्म थप वर्षा हुने भएकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत यस जिल्लाका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा भोलि बिहानसम्म सतर्क रहन शाखाले आग्रह गरेको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 8, ...