दक्षिणी इलामको माई नगरपालिका-८ मा पर्ने एउटा सामुदायिक वन संरक्षणको जिम्मा झापाका उपभोक्तालाई छ । दक्षिणी इलामका चुलाचुली, माई, माङ्सेबुङ र रोङका सामुदायिक वन झापासँग जोडिन्छन् । उपभोक्ता समूहकै पदाधिकारीको मिलेमत्तोमा रातारात कटान गरेर काठ तस्करी बढेपछि भने संरक्षण जिम्मा लिएकैहरुबाट वन फडानी बढेको खुलेको छ।