फेदमा आगो सल्काएर ठूला रूख ढालिएका छन् । कलिला पोथ्रा असरल्ल लडेका छन् । चुरे जंगलको बीचबीचबाट अस्थायी सडक पनि खनिएको छ । कुनै बेलाको घना जंगल क्षेत्र विस्तारै उजाड बन्दै छ । अतिक्रमणकारीले वन फडानी गरी चारैतिरबाट आफ्नो क्षेत्र छुट्याउन ठाउँठाउँमा काठकै घेराबारा गरेका छन् ।