मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । “देशभरी मनसुनको प्रभाव छैन”, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर