जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो । ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनीकरणका लागि