काठमाडौं, भदौ, ३० । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । बिहीबार उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरे । अध्यक्ष ली चान्शु यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए […]