लोक सेवाले लिएको खाद्य कम्पनीको लिखित परीक्षा ४ वर्ष पछि रद्द

काठमाडौं।खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) चार वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ । कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो । कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार […]

सम्बन्धित सामग्री

लोक सेवा आयोग: स्वास्थ्यका उम्मेदवार सिफारिसदेखि लिखित परीक्षा रद्दसम्म

स्वास्थ्यका केही उम्मेदवार सिफरिस भएका छन् भने केहीको परीक्षा रद्द भएको छ।

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकियो, १८ जनाको आवेदन रद्द

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको छ । भन्सार विभागले आज सूचना जारी गर्दै ४५ वटा परीक्षा केन्द्र तोकेको हो । परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने छ । हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने छन्  । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने छन्  । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको छ। यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका छन् । विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने विभागले जनाएको छ । विभागका अनुसार विभागको वेबसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application लिङ्क मार्फत आबेदकले आफ्नो User Login गरी Download Admit Card Button मा Click गरी त्यसमा देखिने Options मा Tick लगाई Download Option मा Click गरी प्रवेश पत्र Print गर्न सकिने छ ।  उम्मेदवारले कालो मसी मात्र भएको डटपेन/कलमले उत्तरपुस्तिकाको निर्धारित कोठामा A,B,C,D मध्ये एउटामा मात्र सही उत्तर जनिने गरी निर्धारित कोठामा धब्बा Bubble लगाउनुपर्नेछ । पेन्सिलले लेखेकोलाई मान्यता दिइनेछैन । प्रत्येक गलत उत्तरको लागि २०% अंक कट्टा गरिनेछ। प्रवेश पत्र बिना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेश-पत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ। परीक्षा भवनमा मोबाइल फोन तथा अन्य विद्युतिय उपकरणहरु लैजान निषेध गरिएको छ। परीक्षा संचालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि विभागको पूर्व सूचना बिना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुनेछैन । परीक्षार्थीले परीक्षा केन्द्रमा आउँदा आफ्नो प्रवेश-पत्र सहित सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिई आउनुपर्नेछ । परीक्षार्थी परीक्षा केन्द्रमा आउँदा कोभिड-१९ को संक्रमणलाई मध्यनजर गरी आफ्नो प्रयोजनको लागि फेस सिल्ड मास्क लगाईसाथमा स्यानिटाईजर समेत लिई आउनुपर्नेछ । आफ्नो लागि पिउने पानीको प्रबन्ध आफै गर्नुपर्नेछ । कोभिड-१९ संक्रमण पुष्टि भएका वा लक्षण भएका उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभागमा कार्यरत कम्प्युटर ईन्जिनियर श्री विष्णु चौधरी (मोबाईल नम्बर ९८६१८२९५६६ मा अग्रिम जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।

स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूको परीक्षा रद्द गर्ने निर्णय गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो […]

सर्वोच्चको आदेशपछि वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द

काठमाडौँ । लोक सेवा आयोगले सर्वोच्चको आदेशपछि राष्ट्रिय वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द गरेको छ । आयोगको असार २१ गतेको निर्णय अनुसार बैङ्कको २०७५/१२/२२ को विज्ञापनमा लिइएका आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द भएका हुन् । कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मङ्सिर १७ मा सर्वोच्चले […]