काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।
आजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरुलाई आईफोन १३ प्रदान गरिनेछ ।
यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा त्यसभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वट...