ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरूलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर रु. ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएक