दसैं केही दिनमै सुरु हुँदै छ । परिवारजन एकै ठाउँ भेला भएर दसैं मनाउने र मान्यजनकहाँ आशीर्वाद थाप्ने चलन हुनाले मुलुकभित्र मानिसको सबैभन्दा बढी आउजाउ यही बेला हुन्छ । धेरैका लागि दसैंमा गाडी नपाइएला कि, पाइए पनि समयमा र सुरक्षित रूपमा नपुगिएला कि भन्ने चिन्ताले सताउने गर्छ । अहिले पनि खास गरी लामो यात्रा गर्नुपर्ने अवस्थाका मानिस सडकको दुरवस्थाका कारण पिरोलिन थालिसकेका छन् । र, यो सधैंको समस्या हो ।