नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीहरुको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र गर्ने भएको छ । सोसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने हुँदा बैंकले सम्बन्धित कर्मचारीहरुलाई एक महिना भित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र बैंकको सम्बन्धित शाखामा बुझाउन आग्रह गरेको हो ।सोमबार एक सूचना जारी गर्दै बैंकले नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम