हिमालय ट्राभल मार्टको चौथो संस्करण आयोजना हुने

काठमाडौँ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले हिमालय ट्राभल मार्टको चौथो संस्करण आयोजना गर्ने भएको छ। चौथो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौँमा आयोजना हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन वोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुको विशेष सहयोग रहने पाटा नेपालले जनाएको छ।

सम्बन्धित सामग्री

हिमालय ट्राभल मार्ट जेठमा

काठमाडौं । हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तरराष्ट्रिय संघसंस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले बताएको छ । सन् २०१७ देखि हरेक वर्ष आयोजना हुँदै आएकोमा कोभिड–१९ महामारीका कारण सन् २०१९ पछि उक्त कार्यक्रम हुन सकेको थिएन । पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले ‘हिमालयन ट्राभल मार्ट २०२३’ मा सहभागी हुन राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिनिधिलाई निमन्त्रणा गरिएको जानकारी दिए । मार्टमा सहभागी भई महामारीपछि पर्यटन व्यवसायको पुनरुत्थान अभियानमा सहयोग गर्न सम्बद्ध सबै पक्षलाई उनले आह्वान गरे ।