सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी प्रमुख बनाइएको भन्दै अतिरिक्त
महानिरीक्षकद्वय विश्वराज पोख्रेल र सहकुल थापा सर्वोच्च अदालत पुगेका छन् ।सोमवार बिहान उनीहरू दुवैजना प्रहरी महानिरीक्षकको नियुक्ति
बदर हुनुपर्ने माग राखेर अदालत पुगेका हुन् । आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा तेस्रो
वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख नियुक्त गरेका थिए । सिंहले सोमवार बिहानै आइजीपीको दर्ज्यानी चिह्नसमेत
लगाइसकेका छन् । पोखरेल र थापाले लिएर गएको रिट निवेदन दर्ताको प्रक्रियामा
रहेको अदालत स्रोतले जनायो ।