भरतपुरको गोन्द्राङमा ढल निर्माण गर्न खनेको खाल्डोमा परेर गैंडा मरेको घटनालाई लिएर ढल निर्माण कम्पनीका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधवार जारी गरी थप अनुसन्धानको काम भइरहेको जानकारी दिए ।
कम्पनीका सञ्चालक सम्पर्कमा रहेकाले केही दिनमा उनीमाथि अनुसन्धानको काम हुने जानकारी दिए । आइतवार खड्कालाई नियन्त्रणमा लिएर थप छानबिन गर्ने तयारी निक...