भारतको पश्चिम बंगालको मुख्यमन्त्री तेस्रोपटक बनेपछि ममता बनर्जीले मोदी सरकारमाथि शाब्दिक आक्रमण गर्दै जनताको निर्णय मान्न र कोभिड व्यवस्थापनमा आफूहरूलाई काम गर्न दिन भनेकी छन् ।
केन्द्र सरकारका मन्त्रीहरू बंगाल आएर साम्प्रदायिक दंगा झनै भड्काइरहेको आरोप उनले लगाइन् ।
उनले भनिन्, ‘हामी अब तपाईंहरूसँग झगडा गर्न चाहँदैनौं । बुधवार बिहान १०ः४५ मा मैले मुख्यमन्त्री पदको शपथ लिएँ र त्यही साँझ केन्द्र सरकारको पत्र आयो । त्यसमा लेखिएको थियो– बिहीवार बिहान केन्द्रीय टोली बंगाल पुग्दैछ । केन्द्रीय टोली अक्सिजन ...