शसस्त्र प्रहरी बल रुपन्देहीले बिहीबार दुईवटा ट्रकमा भन्सार छलेर ल्याइएको १ करोड रुपैयाँभन्दा बढी मूल्यको चिनी र चामल बरामद गरेको छ ।२७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनास्थित हुलाकी सडक खण्डबाट भन्सार छलेर भित्र्याइएको ६ सय ३८ बोरा चिनीसहित ढुवानी गरिएको ना ४ ख ४१२९ नम्बरको ट्रक बरामद गरेको हो ।