काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ । स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ। १ मत तटस्थ रहेको छ। प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, एमाले माधव समूह, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए। एमाले संस्थापन समूहकै केही सांसदले देउवाको पक्षमा मतदान गरेका थिए।
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट बहुमत पाउने सुनिश्चित भएको छ। कुल २ सय ७१ मध्ये बहुमतका लागि आवश्यक १३६ भन्दा धेरै सांसदको समर्थन देउवाले पाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाका १ सय ४१ सांसदले देउवाको पक्षमा मत दिने सुनिश्चित भएको छ। राष्ट्रिय जनमोर्चाबाट स्वतन्त्रमा जितेर माओवादी प्रवेश गरेका एक सांसदले पनि देउवालाई विश्वासको मत दिने भएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेखेपछि सो पार्टीका नेताहरू त्यस विषयमा छलफलमा जुटेका छन् । सो पार्टीका कार्यकारिणी सदस्य सन्तोष महेताले भने, प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना धेरै छ, त्यस विषयमा दलहरूको बीचमा चलिरहेको छ ।’ महन्थ ठाकुर पक्षकै राजकिशोर य
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् । जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए ।पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउव
काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्तावको पक्षमा देखिएनन् । तर, उनीहरुमध्ये आधा विपक्षमा र आधा तटस्थ देखिए । कुल ३२ जना सांसद संख्या रहेको जसपामा १५ जना विपक्षमा र १५ जना तटस्थ रहे । २ सांसद लक्ष्मणलाल कर्ण र रुही नाझ अनुपस्थित रहे । आजको […]
काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वा विपक्षमा मतदान गर्नेबारे कुनै ह्विप जारी नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । जसपाका नेता डम्बर खतिवडाले बैठकको बारेमा […]
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा जसपाले सांसदहरूलाई ह्वीप नलगाउने भएको छ ।
जसपाको आज बसेको पदाधिकारीको बैठकले सांसदहरूलाई स्वायत्तता दिने निर्णय गरेको जसपाका एक नेताले बताए।
‘जुन सांसदलाई जे मन लाग्छ, त्यो गर्न स्वायतता प्रदान गरिएको छ,’ जसपाका एक नेताले लोकान्तरसँग भने, ‘विश्वासको पक्षमा मत दिन मन लागे दिने, विपक्षमा मत दिन मन लागे पनि दिने गरी छूट प्रदान गरिएको छ ।'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लिन लागेको विश्वासको मतमा जनता समाजवादी पार्टी (जसपा)ले पनि नसघाउने भएको छ।
जसपाले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने भएको हो। जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा उभिदै आएको भए पनि आइतवार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेरै उनीहरु दुवैले विश्वासको मत दिन नसक्ने बताएका…
काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने भएका छन् । यही बैशाख १४ गते बसेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीविरुद्ध ल्याईने अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेका हुन् । यद्धपी उक्त बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षधर सहभागी नभएको […]