माधव नेपाल लगायतका नेतालाई पार्टीमा ठाउँ नरहेको ओलीको भनाइ

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर विपक्षीलाई मत दिएको भन्दै माधव नेपाल लगायतका नेताका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएकाे हाे ।आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको ओलीको दावी छ । माधव नेपाल र माधव नेपालको पक्षमा रहेका आन्दोलन विरोधीहरुलाई पार्टीमा ठाउँ नरहेको र चुनावमा टिकट पनि नदिने अध्यक्ष ओलीले बताउ...

सम्बन्धित सामग्री

‘एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्टबिन’ होइन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्टबिन नभएको बताएका छन् । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए । उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।‘कुडाकर्कट जम्मा गर्ने डस्टबिन होइन एमाले । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’ओलीको भनाइ छ ।

स्थायी कमिटीमा ओलीको ब्रिफिङ : यिनीहरुलाई पहिल्यै कारवाही गर्नुपर्थ्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । उनीहरुमाथि अस्ति नै कारवाही गर्नुपर्नेमा केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीको भनाइ छ ।मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यिनीहरुलाई कारवाही पहिल्यै गर्नुपर्ने थियो । यिनीहरु कारवाहीका लायक नै हुन् ।’यसअघि माधव नेपाल लगायतका नेताहरुले एमालेले पटक–पटक स्पष्टीकरण सोधेर पनि अहिलेसम्म कारवाही गरेको छैन । २४ घण्टे स्पष

पार्टी अब कसैलाई पर्खेर बस्दैनः ओली (भिडियाे)

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब कसैलाई पर्खेर नबस्ने बताएका छन्। बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अब माधव नेपाल समूहलाई पर्खेर बस्न नसकिने बताएका हुन्। आफूले पटक–पटक मौका दिएपनि नमानेपछि अब पार्टीका सांगठनिक र वैचारिक क्रियाकलाप नरोकिने ओलीको भनाइ छ। पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किँदा […]

माधव नेपाल र भीम रावलको स्पष्टीकरण कारबाही योग्य छ  :  अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत दिएका छन् । एमाले सचेतक विशाल भट्टराईका अनुसार नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल ...

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।