सिमकोट – सिमकोट गाउँपालिका– ७ को स्याउँ स्वास्थ्य चौकीले पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीको उपचार बिशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बुधबारबाट यो सेवा सुचारु गरेको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आएका बिशेषज्ञ चिकित्सकबाट परामर्स लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए। यसका […]
काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा […]
२४ साउन, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीहरुलाई लक्षित गरी टेलिमेडिसिन प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसिन सेवा मंगलबारदेखि काभ्रेको तेमाल गाउँपालिका–४ स्थित बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो । धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीहरुको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिइएका थिए । […]
लमजुङ जिल्ला अस्पतालले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीहरूको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।जिल्ला अस्पतालले पहिलो चरणमा छाला सम्वन्धी समस्या भएका विरामीहरूका लागि टेलिमेडिसिन सेवा मार्फत उपचार गर्ने तयारी गरेको हो । आगामी फागुन भित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल प्रशासन प्रमूख […]
एजेन्सी। हिन्दुस्तान युनिलिभरले भारतका कतिपय ग्रामीण इलाकामा निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ। हाल पश्चिमबंगालका गाउँहरुमा यस्तो सुविधा दिइएको युनिलिभरले बताएको छ। युनिलिभरले कोरोना महामारीबारे पनि यस्तो सेवा दिएको छ। कम्पनीले नर्सलाई ‘हेल्थ आन्ट्रपे्रनर’ तालिमसमेत दिन थालेको छ। डाक्टरहरुको समूह राखेर भिडियो कन्फ्रेन्सका माध्यमबाट उपचार सुविधा दिएको कम्पनीले बताएको छ। यस्तो सेवा अन्यत्र पनि विस्तार गर्ने कम्पनीको योजना छ।
एजेन्सी। हिन्दुस्तान युनिलिभरले भारतका कतिपय ग्रामीण इलाकामा निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ। हाल पश्चिमबंगालका गाउँहरुमा यस्तो सुविधा दिइएको युनिलिभरले बताएको छ। युनिलिभरले कोरोना महामारीबारे पनि यस्तो सेवा दिएको छ। कम्पनीले नर्सलाई ‘हेल्थ आन्ट्रपे्रनर’ तालिमसमेत दिन थालेको छ। डाक्टरहरुको समूह राखेर भिडियो कन्फ्रेन्सका माध्यमबाट उपचार सुविधा दिएको कम्पनीले बताएको छ। यस्तो सेवा अन्यत्र पनि विस्तार गर्ने कम्पनीको योजना छ।
हरिहर नेपाल, विराटनगर कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो । महामारीको समयमा अस्पताल वा क्लिनिक जान समस्या हुने भएकाले टेलिमेडिसिन सेवा दिइने भएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने […]
सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ ।
जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन ।
दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका हुन । टेलिमेडिसिन सेवा ...